काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रणाली आइतबारसम्म नचल्ने भएको छ । नेप्सेले आज शुक्रबारदेखि डाटा सेन्टरको मर्मत तथा स्तरोन्नति गर्न काम सुरु भएकाले आइतबारसम्म सम्पूर्ण कारोबार नचल्ने जनाएको हो ।
यता आइतबार इन्द्र जात्रा/संविधान दिवसको सार्वजनिक बिदाका कारण कारोबार सञ्चालन नहुने भएकाले पनि यस बीचमा कारोबार प्रणालीको मर्मत गर्ने तयारीमा नेप्से रहेको हो । हिजो बिहिबार नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३९ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ३ करोडमाथिको कारोबार भएको छ । सो अवधिमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको ३८ करोड ६० लाख ४३ हजार ५०८ रुपैयाँको सेयर कारोबार भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्