×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबारबाट साहस उर्जा लिमिटेडको ७० करोड रुपैयाँको ७० लाख कित्ता आइपीओ बिक्रीमा आउँदै, १० कित्तादेखि भर्न पाईने

PRIME CA

बुधबारबाट साहस उर्जा लिमिटेडको ७० करोड रुपैयाँको ७० लाख कित्ता आइपीओ बिक्रीमा आउँदै, १० कित्तादेखि भर्न पाईने

४ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साहस उर्जा लिमिटेडले सर्वसाधारणका लागि असोज ६ गते अर्थात बुधबारदेखि ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा सो आइपीओ जारी गर्ने भएको हो । जसमा ५% (३ लाख ५० हजार कित्ता) म्युचुअल फन्ड र ३% (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सो सेयरमा असोज १० गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त अवधिमा सबै आइपीओ बिक्री नभएमा भने असोज २० गतेसम्म खुला रहनेछ । आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ भने अधिकतम १० लाख ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सि–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइनबाट सेयर भर्न सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्दैछ । इक्रा नेपालले साहस उर्जालाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी माइनस रेटिङ दिएको छ । साहसले हाल सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: