×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकले यसरी मनायो आफ्नो ५६औँ वार्षिकोत्सव (भिडियो रिपोर्ट)

PRIME CA

राष्ट्रिय वाणिज्य बैंकले यसरी मनायो आफ्नो ५६औँ वार्षिकोत्सव (भिडियो रिपोर्ट)

६ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५६औँ वार्षिकोत्सव मनाइरहेको छ । सोमबार सिंहदरबारप्लाजा, काठमाडौँमा रक्तदान कार्यक्रमको आयोजना साथ ५६औँ वार्षिकोत्सव मनाइरहेको हो । पछिल्लो समय बैंकहरुको प्रतिस्पर्धा चलेको छ । कसले छिटो छरितो सेवा प्रवाह गर्ने तथा कसले के–कस्ता नयाँ नयाँ कार्यक्रमहरु ल्याउने भन्नेमा प्रतिस्पर्धा चलिरहेको छ । डिजिटल युगमा प्रवेश गरेसँगै कुन बैंकले डिजिटल माध्यमबाट कसरी गुणस्तरीय सेवा प्रवाह गर्ने भन्नेमा प्रतिस्पर्धा भइरहेको बेला राष्ट्रिय वाणिज्य बैंकले आफु डिजिटल माध्यमबाट नयाँ सेवामा गइरहेको बताएको छ ।
खासगरी कोभिड १९ को संक्रमणपछि लेस क्यास ट्रान्जेक्शन गर्दै डिजिटलको माध्यमबाट कारोबार अगाडी बढाउने र यसलाई निरन्तरता दिने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताउनुभयो । जस्तोसुकै विषम परिस्थितिमा पनि बैंकिङ कारोबारलाई सुचारु राख्ने तथा वैकल्पिक माध्यम अपनाएर भएपनि बैंकका गतिविधि अगाडी बढाउने उहाँको भनाई छ । ग्राहकलाई नयाँ सेवा सहजतरीकाले कसरी दिने भन्नेमा राष्ट्रिय वाणिज्य बैंक गम्भिर रहेको उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले बताउनुभयो । कम ब्याजमा कर्जा दिने तथा निपेक्षकर्तालाई बढी ब्याज दिएर बैंक ग्राहक पहुँचको पहिलो नम्बरमै रहेको उहाँको भनाई छ । देश विदेशमा रहेका नेपालीहरुमाझ डिजिटल माध्यमबाट पुग्ने तथा नयाँ सेवामा जाने प्रयासमा रहेको उहाँले बताउनुभयो ।
गाउँ गाउँमा वित्तिय पहुँच पु¥याउन राष्ट्रिय वाणिज्य बैंक डिजिटल प्रणालीमार्फत् क्यासलेस ट्रान्जेक्शनलाई बढी प्राथमिकता दिएर अघि बढेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेत बताउनुहुन्छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड क्रमशः डिजिटल माध्यममा प्रवेश गरिरहेको छ । बजारमा प्रतिस्पर्धामा उत्रिन डिजिटल माध्यमबाट नयाँ नयाँ सेवा सुविधा दिनुपर्नेमा आफ्नो ध्यान गएको राष्ट्रिय वाणिज्य बैंकले बताएको छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: