×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फोन र म्यासेजमार्फत धम्क्याएर रकम असुली गर्न खोज्ने ३ पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फोन र म्यासेजमार्फत धम्क्याएर रकम असुली गर्न खोज्ने ३ पक्राउ

Artha Sarokar

६ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ ।  फोन र म्यासेजमार्फत धम्क्याउँदै रकम असुली गर्न खोजेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले दोलखा मेलुङ गाउँपालिका घर भई असन बस्ने १९ वर्षीय प्रदिप कार्की, दोलखा शैलुङ गाउँपालिका ८ का १९ वर्षीय सुरज भण्डारी र २१ वर्षीय किरण कार्की पक्राउ गरिएको जनाएको हो ।
उनीहरुले काठमाडौं उपत्यकाका विभिन्‍न व्यक्तिहरुलाई फोन तथा एसएमएस गरी ज्यान मार्ने डर धम्की दिई लाखौं रकम माग्ने गरेका थिए । विशेष सूचनाको आधारमा महाशाखाले बागबजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुको साथबाट धम्क्याउन प्रयोग गरेका ५ वटा मोबाइल तथा सीमहरु समेत बरामद गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी