×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गल्ती नदोहोर्याउने प्रतिबद्धतापछि सिभिल लघुवित्तको सेयर कारोबार आजदेखि फुकुवा

LAXMI SUNRISE BANK

गल्ती नदोहोर्याउने प्रतिबद्धतापछि सिभिल लघुवित्तको सेयर कारोबार आजदेखि फुकुवा

५ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आजदेखि फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले  संस्थाले समयमै लाभांश सार्वजनिक नगरेको भन्दै कारोबार रोक्का गरेको थियो । नेप्सेले धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्था बमोजिम सुचना उपलब्ध नगराएको भन्दै ३ दिनभित्र कारणसहित स्पष्टिकरण बुझाउन माग गर्दै कारोबार रोकेको थियो । 
संस्थाले नेप्सेलाई इन्टरनेटमा खराबी आई प्राविधिक समस्याका कारण सुचना अपलोडमा ढिला भएको स्पष्टिकरण दिएको छ । आगामी दिनमा समयमै जानकारी गराउने प्रतिवद्धता व्यक्त गरेकाले नेप्सेले कारोबार सुचारु गराएको जानकारी दिएको छ । सिभिलले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट ३.५०% बोनस सेयर र कर प्रयोजनका लागि ०.१८% नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी