
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासमा ३९ करोड ४७ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको यो नाफा गत वर्षको तुलनामा १६२.६२% ले धेरै हो । बैंकले गत वर्ष बैंकले १४ करोड ८५ लाख १९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । खुद ब्याज आम्दानी ५७ करोड ४१ लाख २९ हजार ८९१ रुपैयाँबाट बढेर ६८ करोड ८० लाख ८९ हजार रुपैयाँ पुगेको हो । सञ्चालन नाफा पनि २१ करोड ११ लाख ४५ हजार रुपैयाँले बढेर २६ करोड २० लाख ३९ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिसम्म आइपुग्दा बैंकले बैंक ३८ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यता बैंकको जगेडा कोषमा ४९ करोड ५३ लाख १८ हजार रुपैयाँ छ भने प्रतिसेयर आम्दानी बढेर ३० रुपैयाँ ७१ पैसा पुगेको छ । साथै प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्