×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकरलाई दशैं र तिहारमा कति दिन बिदा ? राष्ट्र बैंकले सार्वजनिक गर्यो बिदाको तालिका (तालिकासहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैंकरलाई दशैं र तिहारमा कति दिन बिदा ? राष्ट्र बैंकले सार्वजनिक गर्यो बिदाको तालिका (तालिकासहित)

Artha Sarokar

२४ आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीले दशैं र तिहारमा १२ दिन बिदा पाउने छन् । नेपाल राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले दशैं तथा तिहारमा १२ दिन बिदा पाउने सूचना जारी गरेको हो ।
राष्ट्र बैंकका अनुसार कर्मचारीहरुले दशैंमा ६ दिन बिदा पाउनेछन् । राष्ट्र बैंकले घटस्थापनादेखि दशैंसम्म ६ दिन बिदाको व्यवस्था गरेको हो भने २१ गते घटस्थापनाका दिन पाएको बिदासहित दशैंमा ६ दिन बिदाको समय तोकिएको छ ।
यस्तै असोज २६ गतेदेखि कर्मचारीले बिदा पाउनेछन् भने असोज ३० गतेसम्म सो बिदा हुनेछ । असोज ३१ गतेदेखि भने बैंक तथा वित्तीय संस्थाहरु खुल्नेछन् । तिहारमा कात्तिक १८ गतेदेखि २१ गतेसम्म कर्मचारीहरुले बिदा पाउनेछन् । कर्मचारीले तिहारमा पनि ४ दिन बिदा पाउनेछन् । राष्ट्र बैंकले कर्मचारहरुका लागि छठ पर्वको बिदाको पनि व्यवस्था गरेको छ ।
कात्तिक २४ गते छठ पर्व र २५ गते फाल्गुनन्द जयन्तीमा पनि कर्मचारीले बिदा पाउनेछन् । २५ गतेको बिदा भने किँरात धर्ममा आस्था राख्ने कर्मचारीले मात्रै बिदा पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी