×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक लुट प्रकरण : कुल २१ लाख लुटिएको खुलासा, रातभर ‘अपरेशन’ चलाउँदा पनि प्रहरीले पैसा भेटेन…

PRIME CA

सिटिजन्स बैंक लुट प्रकरण : कुल २१ लाख लुटिएको खुलासा, रातभर ‘अपरेशन’ चलाउँदा पनि प्रहरीले पैसा भेटेन…

अर्थ सरोकार

२६ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सोमवार दिउँसो मोरङको धनपालथान गाउँपालिकास्थित कर्सियामा रहेको सिटिजन्स बैंकमा भएको लुटपाटमा कुल २१ लाख लुटपाट भएको खुलासा भएको छ । प्रहरीलाई बैंकले कुल २१ लाख रुपैयाँ लुटिएको जानकारी दिएको छ । जसमा लुटेराहरुको समूहले बैंकभित्र प्रवेश गरेर रकम लुटेको बयान त्यहाँका कर्मचारीहरुले दिएका छन् । ‘बैंकमा रहेको २१ लाख रकम लुटेको जानकारी बैंकले दिएको छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले भने। बैंक लुट्ने क्रममा बैंकका गार्डलाई २ राउण्ड गोलीसमेत लागेको थियो । अहिले उनको उपचार भईरहेको छ भने उनी खतरामुक्त छन् ।

लुट प्रकरणलगत्तै प्रहरीले तीन जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा एक नेपाली र दुई भारतीय छन् । श्याम मुखिया, सुनिल यादव र विजय बताउने यादव थरका एक अर्का व्यक्ति पक्राउ परेका हुन्। उनीहरुबाट पैसा फेला नपरेपछि प्रहरीले रातभर अपरेशन चलाएको थियो। तर यति हुँदा पनि पैसा भेटिएको छैन ।

अपरेशनका क्रममा प्रहरीले सशस्त्र प्रहरीसँग मिलेर सीमानाका बन्द गरी सम्भावित गाउँ तथा स्थानमा रातभर सर्च अपरेसन गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जिसीले बताएका छन्।

दुई वटा मोटरसाइकलमा ६ जनाको लुटेरा समूह बैंकमा छिरेको सीसीटिभीमा देखिएको छ। त्यसपछि बैंकमा ग्राहक र बैंकले राखेरको रकम लुटेको देखिएको छ। दिउँसो ३ बजेर ४५ मिनेटमा आएका लुटेरा समूहले बैंकमा रहेको रकम लुटेर फरार भएको देखिएको छ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: