×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मर्जरमा जाने प्रस्ताव पारित गर्ने मुख्य एजेन्डासहित एनआइसी एसिया लघुवित्त र स्वदेशी लघुवित्तको साधारणसभा आज

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मर्जरमा जाने प्रस्ताव पारित गर्ने मुख्य एजेन्डासहित एनआइसी एसिया लघुवित्त र स्वदेशी लघुवित्तको साधारणसभा आज

Artha Sarokar

४ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया लघुवित्त र स्वेदशी लघुवित्त वित्तीय संस्थाको साधारणसभा आज हुँदैछ । यी संस्थाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्न आज सभा बोलाएका हुन् । जसमा एनआइसी एसियाको सभा होटल ¥याडिसनको सभा कक्ष, भेरी ४ जाजरकोटमा बिहान ९ बजेदेखि सुरु भएको छ भने स्वदेशीको पनि होटल पाथीभराको सभाहल, इटहरी ९ सुनसरीमा बिहान ९ बजेबाट सुरु भएको छ । 
सभामा दुवै कम्पनीबीच मर्जर तथा प्राप्तिका लागि भए गरेका सम्पूर्ण सम्झौताहरु अनुमोदन गर्ने विशेष प्रस्ताव पेश हुँदैछ । यस्तै दुवै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने र आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी