×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्यादी हाइड्रोपावरको आईपीओ तपाईंलाई पर्यो कि परेन ? यी चार वटा साइटबाट नतिजा हेर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

न्यादी हाइड्रोपावरको आईपीओ तपाईंलाई पर्यो कि परेन ? यी चार वटा साइटबाट नतिजा हेर्न सकिने

Artha Sarokar

५ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले कम्पनीको आइपीओको बाँडफाँड आज शुक्रबार बिहान ९ बजे गरिएको जनाएको हो । कम्पनीको आइपीओ गोलाप्रथामार्फत २ लाख ९ हजार २५० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।
आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिनेछ । जस अनुसार न्यादी हाइड्रोपावरको वेबसाइट https://nhl.com.np/, बिक्री प्रबन्धक ग्लिोबल आईएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/menu/ipo-fpo-share-allotment-check, सिडीएससीको मेरो सेयरको वेबसाइट http://meroshare.cdsc.com.np र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।
कुल २२ लाख ५५ हजार ८४ जना सर्वसाधारणले आवेदन दिएकोमा १३ हजार ९४६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २२ लाख ४१ हजार १३८ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो । आइपीओ कुल २ करोड ७० लाख ८९ हजार १५० कित्ताका लागि आवेदन परेको थियो ।
कम्पनीले असोज १५ गतेबाट १९ गतेसम्म कुल २ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गरेको हो । यसमध्ये ५% अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी