×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु विकास बैंकको दोलालघाट शाखाका प्रमुख सुमन खरेल पक्राउ, झन्डै २ करोड रुपैयाँ अपचलन गरेको सीआईबीको ठहर !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिन्धु विकास बैंकको दोलालघाट शाखाका प्रमुख सुमन खरेल पक्राउ, झन्डै २ करोड रुपैयाँ अपचलन गरेको सीआईबीको ठहर !

Artha Sarokar

९ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिन्धु बिकास बैंक लिमिटेडको करोडौं रुपैयाँ अपचलन गरेको आरोपमा बैंकका दोलालघाट शाखाका शाखा प्रमुख सुमन खरेल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरको मुद्दामा खरेललाई  पक्राउ गरेको हो ।
बैंकको सो शाखाले दैनिक रुपमा संकलन हुने कारोबारबाट जम्मा भएको मौज्दात रकमलाई एनसीसी बैंक सिन्धुपाल्चोक, बाह्रविसे शाखामा रहेको सिन्धु विकास बैंक लि.को खातामा नियमित रुपमा जम्मा गर्ने गरेकोमा उनले सो रकम बैंकको खातामा जम्मा नगरी आफुले रकम निकाली बैंकको सम्पत्ति अपचलन गरेका थिए ।
उनले एनसीसी बैंकमा रहेको खातामा जम्मा गर्नुपर्ने एक करोड उनासी लाख नब्बे हजार आठ सय पचपन्न रुपैयाँ आफुले निकाली बैकको सम्पत्ति अपचलन गरेको प्रहरीले जनाएको छ । उनलाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक कानूनी कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
सो मुद्धामा उनी एक्लै संलग्न छन् वा बैंकका अन्य व्यक्तिहरुसँग पनि मिलेमतो छ भन्ने तथ्य भने अनुसन्धानकै क्रममा छ । उनी सन् २०१८ देखि सो बैंकमा कार्यरत थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी