- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज बिहिबार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७४ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैयाँ ३४ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ २७ पैसा र बिक्रीदर १४३ रुपैयाँ रहेको छ ।
पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६० रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८७ पैसा र बिक्रीदर २९ रुपैयाँ ०९ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :