काठमाडौं । नेपाल राष्ट्र बैंकले भोली शनिबार (कार्तिक १३ गते) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली संचालन हुने जनाएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै भोली पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको हो ।
राष्ट्र बैंकले कात्तिक १३ गते अर्थात शनिबारका दिन पनि विकास ऋणपत्र २०८० ‘ख’ र २०८२ ‘क’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली संचालन गर्ने भएको हो । सो प्रणाली बिहान १० बजेदेखि १२ बजेसम्म संचालन हुनेछ ।