काठमाडौं । आईसिएफसि फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर कर्नरिङमा लगानीकर्ता फसिरहेका छन् । साही कारण नेपाल धितोपत्र बोर्डले आईसिएफसि र महालक्ष्मीको सेयर कर्नरिङको अनुसन्धान गर्ने भएको छ । बजार सुस्त भईरहेका बेला केहि खेलाडीहरुले कृतिम मूल्य सृजना गरेपछि बोर्डले यसमा अनुसन्धान गर्ने भएको हो ।
बोर्डले आईसिएफसि फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर कारोबारको अनुसन्धान मंगलबारदेखि नै थालेको छ । केहि समय अगाडि मात्र एचआईडिसिएल, गोर्खाज फाइनान्स, पोखरा फाइनान्स, नेपाल इन्स्योरेन्स लगायत कम्पनीको सेयर मूल्य कृतिम रुपमा बढाएर माथि पुर्याईको थियो । र अहिले पनि केहि त्यस्तै समुह सक्रिय भएसँगै बोर्डले चासो देखाएको हो ।
२ दिनमा मात्र ८७० रुपैंयाको आईसीएफसी फाइनान्सको सेयर मूल्य बढाएर १ हजार ४४ रुपैंया पुर्याइएको छ । यसरी फाइनान्सको सेयर मूल्य बढ्नु पर्ने कुनै आधार नरहेको जानकारहरु बताउँछन् । उता केही दिन अघि सम्म ७०० रुपैंया रहेको महालक्ष्मी विकास बैंकको सेयर मूल्य पनि सोमबार बजार बन्द हुँदा ८८२ रुपैंया पुर्याइएको छ । यसको पनि कुनै आधार नरहेको बजारका जानकारहरु बताउँछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्