×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित चितवनका पुरुष नागढुं‌गाबाट पक्राउ, ग्लोबल आईएमई बैंकको चेकसमेत बरामद

PRIME CA

स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित चितवनका पुरुष नागढुं‌गाबाट पक्राउ, ग्लोबल आईएमई बैंकको चेकसमेत बरामद

२७ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नागढुं‌गाबाट स्रोत नखुलेको रकमसहित आज पुन: एक जना पक्राउ परेका छन् । प्रहरीले स्रोत नखुलेको नगद ३७ लाख रुपैयाँसहित चितवनको माडी नगरपालिका-६ का रामकुमार गुरुङलाई नागढुं‌गाबाट पक्राउ गरेको हो। 
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९१३९ नम्बरको हाइस गाडी चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आईएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेकसमेत बरामद गरेको छ । उनिमाथि थप अनुसन्धान भइरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: