काठमाडौं । प्रभु बैंकको सेयर कारोबार फुकुवा भएको छ । बैंकले स्पष्टीकरण बुझाएसँगै नेप्सेले बैंकको कारोबार फुकुवा गरेको हो । बैंकले नेप्सेलाई आगामी दिनमा कारोबार समयमा सञ्चालक समितिको बैठक बसी लाभांश सम्बन्धि निर्णय नगरिने प्रतिबद्धता व्यक्त गरेको छ ।
यसअघि नेप्सेले सेयर कारोबार चलिरहेको समयमा सञ्चालक समिति बैठक गरी लाभांश वितरणको प्रस्ताव पारित गरेको भन्दै बैंकको सेयर कारोबार रोक्का गरेको थियो । बैंकको कार्तिक २३ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १२ प्रतिशत बोनस र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।