- अर्थ सरोकार सम्बाददाता
सिरहा । प्रहरीले झन्डै ३२ लाख रकमसहित सिरहाबाट १ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी ककडीगोठबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको ३१ लाख ८९ हजारसहित सिरहा नगरपालिका वडा नम्बर २२ हक्पारा बस्ने ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका यादवमाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुरमा पठाइएको जनाएको छ ।