×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकमा आगलागी, कागजात र कम्प्युटर सबै जले, सुरक्षा गार्ड घाइते, यस्तो छ अन्य विवरण… (तस्विरहरुसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल बंगलादेश बैंकमा आगलागी, कागजात र कम्प्युटर सबै जले, सुरक्षा गार्ड घाइते, यस्तो छ अन्य विवरण… (तस्विरहरुसहित)

Artha Sarokar

५ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल बंगलादेश बैंकको एक शाखामा भीषण आगलागी भएको छ । बैंकको तेह्रथुमस्थित फेदाप शाखामा भीषण आगलागी भएको हो ।  विद्युत शट भई आगलागी भएको बताइएको छ । स्थानीय प्रशासनका अनुसार अहिले आगो नियन्त्रणमा लिइसकिएको छ ।  आगलागीबाट बैंकको शाखाका कागजात तथा फर्निचर जलेका छन् ।  मानवीय क्षति भने नभएको बैंकले जनाएको छ ।
‘फर्निचरहरु जलेका छन् । कम्प्युटरसमेत जलेका छन् । के कस्तो क्षति भयो भन्ने पूरा विवरण भने आउन अझै बाँकी छ ।’फेदाप गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयका अधिकारीले अर्थ सरोकारसँग भने-‘विध्य्युत शट भएर आगलागी भएको हो । मानवीय क्षति भएन, यो नै ठुलो कुरा हो ।’
यता बैंकका शाखा प्रबन्धक थल बहादुर बिष्टले बैंकमा भएको आगलागीबाट करिब ३३ लाखको क्षति भएको बताएका छन् । ‘फर्निचरहरु सबै जलेका छन् । डेकोरेसन सबै सखाप भएको छ । शनिबार भएकोले मानवीय क्षति भएन ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘गार्ड दाई आगो निभाउने क्रममा घाइते हुनुभएको छ । भल्टको पैसा सबै सुरक्षित छ ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी