×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिवाईसी नेपाल लघुवित्तद्धारा सदस्यहरुलाई तरकारी खेती तालिम प्रदान

LAXMI SUNRISE BANK
GLOBAL

सिवाईसी नेपाल लघुवित्तद्धारा सदस्यहरुलाई तरकारी खेती तालिम प्रदान

२६ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

बागलुङ । बागलुङकाे सिवाईसी नेपाल लघुवित्त वित्तीयले सदस्यहरुलाई व्यवसायीक बनाउनका लागि १ दिने व्यवसायीक तरकारी खेती तालिम सम्पन्न गरेको छ । तालिम कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एवं संस्थाका प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले गरेका थिए । प्रमुख अतीथि शर्माले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सहभागिहरुलाई अनुरोध गरेका थिए । 
उनले तालिम पश्चात सकेसम्म व्यवसायीक नै बन्न र नभएपनी आफुलाई चाहिने उत्पादन आफै गर्नसक्नुपर्ने विषयमा जोड दिएका थिए । तालिमका क्रममा सदस्यहरुलाई मौसमी तथा बेमौसमी तराकारी खेतीका लागि विउ पनी उपलब्ध गराईएको थियो । सोही क्रममा उत्कृष्ट बचतकर्ताको रुपमा रेमी दर्लामीलाई नगद २ हजार, असल सदस्य ललिकुमारी थापालाई १ हजार ५ सय, सक्रिय सदस्य अनिता थापा र अमृता थापालाई १/१ हजार नगदसहित कम्पनीले पुरस्कृत गरेकाे थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी