काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १.८२ अंकले बढेर २७३४.९३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब २१ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको २६ करोड १५ लाख ५६ हजार ८३४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ३ वटा उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।
यसैगरी बुधबारको सेयर बजारमा मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा कर्णाली डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाईड्रोपावर, जोशी हाईड्रोपावर, साना किसान विकास बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा गोखार्ज फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले घटेको हो । गोखाजको सेयरमा यस्तो गिरावट आउँदा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, एनआसी एशिया लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको २६ करोड १५ लाख ५६ हजार ८३४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा आईसिएफसि फाइनान्स, अपि पावर कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, अरुण काबेली पावर, महालक्ष्मी विकास बैंक, हाईड्रोइलेक्ट्रिसिटी डेपलपमेन्ट कम्पनी, ङादी ग्रुप पावर र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्