- अर्थ सरोकार सम्बाददाता
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आइपुगेका छन् । पार्टी विभाजनपछि नेकपाको ओली समूहले धनगढीमा आयोजना गर्ने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी पुगेका हुन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको जनसभा धनगढीको खुलामन्चमा हुँदैछ । उनले उक्त सभालाई केहि बेरमा सम्बोधन गर्नेछन् । खुलामन्चमा मनिसहरुको निकै बाक्लो उपस्थिति देखिएको छ भने सुरक्षा व्यवस्था पनि उत्तिकै कडा परिएको छ । बाँकी फोटोमा :