काठमाडौं । नबिल बैंकले आधिकारिक रुपमा ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । ‘नबिल डिजिबैंक पोर्टल’मार्फत् बैंकका ग्राहकहरूले एकद्धार (single window)मार्फत् अनलाइन सेवाहरू प्राप्तगर्न सक्नेछन् । ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न यस पोर्टलमार्फत् बैंकले आफ्नो उत्पादन/सेवालाई स्वचालितबनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले आज आयोजित एक कार्यक्रमबीच ‘नबिल डिजिबैंक पोर्टल’को सुरुवात गरेका छन् । कम्प्युटराइज्ड बैंकबाट सुुरु भएको यात्रा अब भने साच्चिकै डिजिटल बैंकको रुपमाविकास भएको छ । विगत ३७ वर्षमा बैंकले विभिन्न कोशेढुंगा पार गरेर देखाएको छ । बैंकका विभिन्न उपलब्धी मध्ये ‘नबिल डिजिबैंक’ पनि एक हो । बृहत डिजिटल भिजन र रणनीति निर्माण गर्न अगस्ट २०२० मा उक्त परियोजना स्थापना गरिएको थियो । बैंकले आज ‘नबिल डिजिबैंक पोर्टल’मार्फत् उक्त परिकल्पनालाई साकार पार्दै वास्तविकतामा परिणत गर्ने दिशामा थप एक पाइला अघि बढाएको छ ।
‘नबिल डिजिबैंक’मा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट/क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल/एसएमई लोन आवेदनलगायत अनलाइन सेवा उपलब्ध छ । यसका साथै बैंकले आगामी दिनमा अन्य धेरै अनलाइन सेवाहरु थप गर्दै जाने योजना बनाएको छ ।
सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भिडियो प्रमाणीकरणबाट खाताखोल्न सकिने (भिकेवाइसी) र भर्चुअलआईकार्ड लगायतका थप दुई नयाँ अनलाइन सेवाहरुसमेत सार्वजनिक गरेका छन् । भीकेवाइसीको सुरुवातसंगै ग्राहकहरूसंग केवाइसी प्रमाणीकरणका लागि बैंकको शाखापुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने दुई विकल्प उपलब्ध भएको छ । भीकेवाइसी छनौटमार्फत ग्राहकले क्यामेराको प्रत्यक्ष अगाडि बसेर आङ्खनो परिचय वा पूर्व निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचान सम्बन्धीकार्य पुरा गर्नुपर्ने हुन्छ ।
त्यसैगरी,’नबिल भर्चुअलआईकार्ड नबिल स्मार्टबैंक एप भित्र इमबोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले सजिलैसंग आङ्खनो प्यान अपलोड गरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्नेछन् । साथै,ब्यालेन्स टप–अपप नि गर्न सकिन्छ । ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्तीमिति, सीभीभी) सहित मोबाइल बैंक एपभित्र भर्चुअल कार्ड तुरन्तै जारी हुन्छ । भर्चुअलआईकार्ड (भारतिय रुपैया बाहेक) ई–कारोबारका लागिपनिप्रयोग गर्न सकिन्छ ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले यो बैंकको डिजिटल यात्राको सुुरुवात मात्रै भएको र अघि बढ्दै गर्दा हामीले ‘नबिल डिजिबैंक पोर्टल’मा बैंकका धेरैभन्दा धेरै सेवा मात्र उपलब्ध गराउने मात्र नभई बैंकको सेवाका साथै अन्य संस्थाहरूसंग सहकार्य गर्दै बिलभुक्तानी, यात्रा, खाना,किनमेललगायत सुविधासमेत प्रदान गर्ने जानकारी गराएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्