×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालको आर्थिक वृद्धिदर ०.६% रहने विश्व बैंकको प्रक्षेपण

LAXMI SUNRISE BANK

नेपालको आर्थिक वृद्धिदर ०.६% रहने विश्व बैंकको प्रक्षेपण

२२ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्व बैंकले सन् २०२०/२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६% रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले ‘ग्लोबल इकोनोमी प्रोस्पेक्ट्स’ रिपोर्ट सार्वजनिक गर्दै सन् २०२०/२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६% रहने प्रक्षेपण गरेको हो । 
कोरोनाका कारण पर्यटनमा आश्रित नेपाल, मालदिभ्स, भुटान र श्रीलंकाको अर्थतन्त्रमा ठूलो असर परेको थियो । कोरोनाको असर लामो समयसम्म रहने देखिएकाले यी देशको अर्थतन्त्रमा मध्यमखालको सुधार हुने विश्व बैंकको अनुमान छ । यता सन् २०२१–२२ मा भने नेपालको आर्थिक वृद्धिदर २.५% पुग्ने प्रक्षेपण गरिएको छ । विश्व बैंकको प्रक्षेपण अनुसार समग्र दक्षिण एसियाको आर्थिक वृद्धिदर सन् २०२१ मा ३.३% रहनेछ ।
सन् २०२१ मा सबैभन्दा बढी माल्दिभ्सले ९.५% को आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण रहेको छ । तर आर्थिक वर्ष सन् २०२०–२१ मा भारतको आर्थिक वृद्धिदर भने ९.६% ले खुम्चिने प्रक्षेपण गरिएको छ । यता, सन् २०२१ मा विश्व अर्थतन्त्रमा ४% सुधार हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । वर्षभर कोरोना विरुद्धको खोप सर्वत्र उपलब्ध हुने अनुमानका आधारमा विश्व बैंकले उक्त प्रक्षेपण गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी