काठमाडौँ । प्रहरीले बैंकिङ कसुरको मुद्धामा फरार अभियुक्तलाई पक्राउ परेका छन् । प्रहरीले ललितपुर महानगरपालिका–२१ का ४२ वर्षीय अमर महर्जनलाई शंखमुलबाट मंगलबार पक्राउ गरेको हो ।
उच्च अदालत पाटनबाट २०७८ असोज ८ गतेको फैसलाले ४ दिन कैद र ४५ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेपछि फरार उनि फरार रहेका थिए । उनले आफ्नो खातामा पर्याप्त मौज्दात नभएको भन्ने जानी जानी पीडितहरूलाई मेगा बैंक लिमिटेडको चेकहरु दिएर बैंकिङ कसूरजन्य अपराध गरेको प्रहरीले जनाएको छ ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले जनाएको छ ।