×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपल्लो मुस्ताङमा भारी हिमपात, जनजीवन कष्टकर

PRIME CA
GLOBAL IME BANK

उपल्लो मुस्ताङमा भारी हिमपात, जनजीवन कष्टकर

२१ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमाङ्थाङ क्षेत्रमा भारी हिमपात भएको हो । सोमबार साँझदेखि यस वर्षको दोस्रो हिमपात भइरहेको लोमाङ्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले बताउनुभयो । तल्लो मुस्ताङमा भने चिसो बढे पनि हिमपात भइसकेको छैन । लोमाङ्थाङमा सोमबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ ।
चिसो छल्नका लागि लोमाङ्थाङका अधिकांश स्थानीयवासी जिल्ला बाहिर छन् । घर गोठ र पशु चौपायको सुरक्षाका लागि लोमाङ्थाङमै रहेकाको दैनिकी कठिन हुँदै गएको विष्टले बताउनुभयो । ‘‘हामी धेरै पोखरा, काठमाडाँैमा छौँ, गाउँमा भएका युवाहरु हिमपातपछि चिसो बढेको बताएका छन्”, विष्टले भन्नुभयोे, “चौँरी, च्याङ्ग्रालगायत चौपाया चराउन नपाएको खबर छ ।” चिसो बढेपछि स्थानीय गुइँठा बालेर घरभित्रै बसेका छन् ।’’
चौँरी खर्क र गोठ हिउँले पुरिएका छन् । पश्चिमी वायुको प्रभावले आइतबारदेखि उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको हो । बुधबारसम्म मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तल्लो मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा पनि सामान्य हिमपात भएको छ । मौसमको अवस्था स्थिर रहे आज साँझसम्म तल्लो मुस्ताङमा हिमपात हुने स्थानीयवासीले बताउनुभयो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: