×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाईफद्धारा बरिष्ठ अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेशनल लाईफद्धारा बरिष्ठ अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

५ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमादुई दिने बार्षिक राष्ट्रिय कार्यक्रम यही पौष २ र ३ गते पोखराको ग्रयान्डीहोटलमा सम्पन्न गरेको छ ।

कम्पनीकोअभिकर्ता बार्षिक कार्यक्रमअन्र्तगत“चियरपर्सन क्लब सदस्य सम्मान”नामक उक्त कार्यक्रममा नेपालभरबाट आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यवसायिक एजेन्सीलिडरहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मीसिंहले“सम्मानएवं चियरपर्सन क्लब सदस्यता २०७७/०७८”प्रदान गरेकी छिन् ।

उक्त कार्यक्रममा देशभरबाट आर्थिक वर्ष २०७७/०७८मा आफ्नो ब्यक्तिगत ब्यवसायको आधारमा एवं एजेन्सी सन्जालको आधारमा प्रथम, दित्तिय र तृतीय हुने सर्वोकृष्ट ६ जना लिडरहरुलाई विशेष सम्मानका साथ कदरपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुने चिफ विजनेश म्यानेजरहरुमा ब्यक्तिगत ब्यवसायको आधारमा मोहन तिमिल्सिना प्रथम, भुपेन्द्र क्षेत्री दित्तिय र युवराज वास्तोला तृतिय भएका थिए । यसै गरी अभिकर्ता सन्जालको आधारमा निलु पूर्वे प्रथम, रत्नबहादुर खत्री दित्तिय र टिका प्रसाद खरेल तृतिय भएका थिए ।

कार्यक्रममाप्रमुखकार्यकारी अधिकृत सुरेश प्रसादखत्रीले कार्यक्रममा स्वागत भाषण गर्दै कम्पनीले अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरणको लागि आवश्यक लगानी गर्न कम्पनी तयार रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष एवं चियर पर्सन क्लब सम्मान कार्यक्रमका सभापति प्रेमा राज्यलक्ष्मी सिंहले यस्ता कार्यक्रमहरुबाट देशै भरि रहेका अभिकर्ताहरुलाई आफ्नो व्यवसायिक दक्षता बृद्धि गरी व्यवसायिक सफलता हासिल गर्न कोशे ढुंगा सावित हुने विचार व्यत्त गरेकी छिन् । उनले कम्पनीको हालसम्मको समग्र वित्तिय अवस्था अत्यन्त सन्तोषजनक रहेको, व्यवसायिक रुपमा कम्पनीले राम्रो प्रगति गरिरहेको र आगामी दिनमा पनि कम्पनी प्रतिस्पर्धात्मक रुपमा सबल रही रहने विचार व्यक्त गरिन् ।

कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले एक नँया बीमा लेख जीवन सावधिक अमृत बीमा योजनाको शुभारम्भ गर्दैँ सो नँया बीमा योजनावाट जोखिमबहन पनि हुने, बचत पनि हुने र बीमाको अवधि समाप्तीपछि ८० वर्ष उमेर सम्मबीमांकको ९ प्रतिशतका दरले आयश्रोतको रुपमा उपलब्ध हुने यस बीमा योजनाबाट अवकास जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउनेमा सहयोग पुग्ने विश्वास ब्यक्त गरेकी छिन् ।

कार्यक्रममा विजयी अभिकर्ता लिडरहरुबाट आफ्ना व्यवसायिक अनुभवहरु सुनाउदै कम्पनीको व्यवसायिक उचाई अझ नँया ठाँउमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । उपस्थित लिडरहरुको कार्य क्षमता अभिबृद्धि गर्ने उद्धेश्यका साथ मुम्बई, इन्डिया स्थित सुप्रसिद्ध प्रशिक्षक विजयकुमार झाले उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी