काठमाडौं । बीमा समितिले श्रवण रावललाई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीको सञ्चालक समितिले रावललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिको लागि बीमा समिति समक्ष स्वीकृतका लागि पेश गरेको थियो ।
समितिले उनको नियुक्तिलाई स्वीकृत दिएसँगै कम्पनीको सञ्चालक समितिले आधिकारिक रुपमा निर्णय गरेर नियुक्ति गर्नुपर्नेछ ।