×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हामी नेपालको पहिलो साधारणसभा भक्तपुरमा सम्पन्न,समर्थकहरुलाई धन्यवाद दिँदै लन्चभयो हामी नेपालको वेब-साइट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हामी नेपालको पहिलो साधारणसभा भक्तपुरमा सम्पन्न,समर्थकहरुलाई धन्यवाद दिँदै लन्चभयो हामी नेपालको वेब-साइट

९ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भक्तपुर । युवा नेतृत्वमा रहेको गैर नाफामूलक संस्थाहामी नेपालले भक्तपुरको होटल भादगाउँमाआफ्नो पहिलो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । सन् २०१५ मा स्थापना भएदेखि नै सामाजिक कार्यहरुमा सहयोग गर्दै आएका आफ्ना स्वयंसेवक तथा शुभचिन्तकहरूलाई सम्मान गर्ने साधारणसभाको मुख्य उद्धेश्य थियो ।

उक्त साधारणसभामा, समस्यामा परेकाहरुलाई निःस्वार्थ रूपमा सेवागर्ने संस्थालाई निरन्तर मद्दत गर्दै आइरहेका बार्बरा फाउण्डेशनका अध्यक्ष डा. सन्दुक रुइत, इन्फिनिटी होल्डिंग्सका अध्यक्षदीपक भट्ट तथा निर्देशक उपेन्द्र हिरावत, शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल तथा प्रबन्ध निर्देशक साहिल अग्रवाललगायत अतिथिहरुलाई हामी नेपालले सम्मान गरेको थियो ।

संस्थाले दान गरिएको रकम र संस्थाको सबै खर्चलाई पारदर्शी बनाउने उद्देश्यले आफ्नो वेबसाइट पनि सुुरु गरेको छ । कार्यक्रमको बारेमा बोल्दै संस्थाका अध्यक्ष सुदन गुरुङले भने , “हाम्रो भिजनलाई सफल बनाउन असीमित सहयोग र माया दिनु हुने विश्वभरका सम्पूर्ण दाता र स्वयंसेवकहरू प्रति हाम्रो सम्पूर्ण हामी नेपालको टिम धेरै-धेरै आभारी छ । हामी अगाडि बढ्न र केही गर्न चाहने युवाको जोश र सपनालाई विश्वास गर्छौं र उनीहरुको लागि एक प्ल्याटफर्म बन्न चाहन्छौँ । हाम्रो संस्थाको उद्देश्य भनेको अरुको बारेमा सोच्ने र एक-अर्कासँग हातेमालो गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउनु हो – र हामी यस्तो परिवर्तन गर्न चाहन्छौँ जुन पहिले भन्दा धेरै आवश्यक छ । हाम्रो संस्थाले कोही नभएकाहरूको लागि आवाज दिन्छ ।”

थपबोल्दै उनले भने, “हामीविश्वास गर्छौं कि वेबसाइटको लन्चसँगै हाम्रो संस्थाथपविश्वशनीयहुनेछ र यसले सबै दाताहरूलाई वहाँँहरुको सहयोग रकमको हिसाब–किताब राख्न सजिलो हुनेछ । साथै यसले सहयोगि दाताहरु र सहयोग चाहिनेहरुलाई सजिलै सिधै जोडिन पनि मद्दत गर्नेछ । यसबाहेक, यो वेब साइटमा दाताहरूले विगतमा भएका र वर्तमानमा चलिरहेका परियोजनाहरूको बारेमा पनि जानकारी लिन सक्नेछन् । यो वेबसाइटमार्फत सहयोगदाताहरुले कुनै विशेष कारणको लागि अथवा संस्थाको प्रशासनिक लागतको लागि भनेर आँफैले छुट्ट्याएर सहयोग गर्न सक्नेछन् र जुन शीर्षकमा सहयोग उपलब्ध गराउनु भएको हो, त्यही शीर्षकमा मात्र खर्च हुनेछ । यस्तो व्यवस्था नेपालमै पहिलो पल्ट हो । यसमा हामी नेपालद्वारा सञ्चालित सामाजिक सुधारका गतिविधिहरूमा सक्रिय रूपमा सहभागी हुन इच्छुक स्वयंसेवकहरू पनि जोडिन सक्नुहुनेछ ।”हामी नेपाल ‘ जनताद्वारा जनताकालागि ’ भन्ने भनाइलाई व्यवहारमा उतार्ने संस्था हो ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी