काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको कायम मुकायम (का.मु) प्रमुख कार्यकारी अधिकृतमा निराजन कँडेल नियुक्त भएका छन् । कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत कँडेललाई सो पदमा नियुक्त गरेको हो ।
कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले पुस १३ गतेदेखि लागू हुने गरी का.मु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
प्रमुख कार्यकारी अधिकृत प्रबीण पराजुलीको कार्यकाल पुस १२ गतेदेखि सकिएकाले अर्को व्यवस्था नभएसम्मका लागि का.मु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कँडेलाई दिएको हो ।