काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले डोको बिक्री गर्दै म्याग्दीका वृद्धदेखी हिउँमा रमाउँदै भोजपुरका आन्तरिक पर्यटकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा डोको बिक्रीका लागि हिँडेका वृद्ध ।
भोजपुरको पर्यटकीयस्थल धापखर्कमा परेको हिउँमा रमाउँदै आन्तरिक पर्यटक ।
तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा फोरठिटा मल्टिएग्रोमा पालन गरिएको कालिज । केही समय अगाडिबाट यहाँ व्यावसायिक रुपमा कालिजपालन थालिएको हो ।
सप्तरीको खडक नगरपालिका– ९ बजरहीगुठी टोलको करेसामा लगाइएको काउलीखेती ।
घोराही– ८, दुन्द्राका यमुना चौधरीले व्यायसायिक रुपमा गर्नुभएको बाख्रापालन । पछिल्लो समय दाङका मुक्त कमलरीहरु व्यावसायिक काम गरेर आयआर्जन गर्दै आएका छ्न् ।
सप्तरीको खडक नगरपालिका–९ बजरहीगुठी टोलमा गाईगोरुको गोबरबाट निर्माण गरिएको गुइँठा । तराईमा गुइँठा इन्धनको रुपमा प्रयोग गरिन्छ ।