काठमाडौं । कोरोना १९ महामारीमा नेपालफर्किका चीनलगायत देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो (बिहीबार) बसेको मन्त्रि परिषद्को बैठकमा सो प्रस्ताव पठाएको हो । चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका देशमा सन २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्ट्रनसीपको समस्या समाधानका लागि प्रस्ताव मन्त्रिपरिषद्मा लगेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।
यसअघि चीनलगायतदेशमा गई अध्ययन पूरा गराउने विषय विभिन्नतहमा कुटनैतिक पहल गरिएको भएपनि ठोस नतिजा आउन सकेको छैन । ‘कोभिडका कारण नेपालफर्किका(एमबीबीएस) विद्यार्थीहरुको समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं,’ मन्त्रीले भने,‘प्रस्ताव मन्त्रि परिषद्मा लगेका छौं, समितिमा छलफल भएपछि चाँडै टुंगो लाग्छ ।’
सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीहरुको हकमा अन्र्तराष्ट्रिय मान्यतामासमेत असर नपर्ने गरी बाँकी अध्ययन र प्रयोगात्मक अभ्यास र इन्ट्रन्सीप गराई समस्या समाधान गराउन गठित कार्यदलले सुझाव दिएको थियो ।
कोभिडका महामारीका बेला नेपाल आएका एमबीबीएस विद्यार्थीहरु अध्ययन पूराकासोही देशबाट अनुमति पाएका छैनन् । यस्तै, विभिन्न मेडिकल कलेजहरुले विद्यार्थीबाट तोकिएको भन्दा बढी रकम लिएको विषयमा पनि छलफल भएको मन्त्री पौडेलले जानकारी दिए । विद्यार्थीबाट रकम बढी लिएका मेडिकल कलेजहरुको अनुगमन तथा आवश्यक प्रमाणका जम्मा गर्न सचिवलाई निर्देशन दिएको उनले बताए ।