×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

`बैंकमा गए लोन पाईँदैन, हाम्रो पालामा यस्तो थिएन´ : केपी ओली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

`बैंकमा गए लोन पाईँदैन, हाम्रो पालामा यस्तो थिएन´ : केपी ओली

Artha Sarokar

१८ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले अर्थतन्त्रको अवस्था धोस्त भएको बताएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले अर्थतन्त्रको अवस्था धोस्त भएको बताएका हुन् ।
आफ्नो पालामा यस्तो समस्या नभएको बताउँदै उनले अहिलेको सरकारको पालामा बैंकबाट लोनसमेत नपाइने बताए ।  ‘अर्थतन्त्रको अवस्था धोस्त छ, बैंकमा गए लोन पाईँदैन ।’ उनले भने ‘हामी हुँदा हामिले पैसा छैन भनेर कहिल्यै गित गाउनु परेन ।’
साथै उनले आफ्नो पालामा टनेल युगमा देशलाई प्रवेश गराएको पनि बताए । ‘हाम्रो पालामा बाटो, पुल, एयरपोर्ट, सुरुङ्गलगायतका सबै बने ।’ उनले भने । ओलीले नेपालमा नर्सिङ कलेज खोल्न नपाउनेलगायतका सहमति गरेर प्रधानमन्त्री देउवाले पैसा नहुने नेपालीका छोराछोरीको मेडिकल कलेज पढने सपना बर्बाद पारेको गम्भिर आरोपसमेत लगाए । उनले डा. केसीसँग प्रधानमन्त्री देउवाले गरेको सम्झौंताले विदेशमा पैसा र छोरीछोरी पठाउने कम्पनीलाई फाईदा पु¥याएर नसक्नेको जीवन बर्बाद पारिएको तर्क गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी