×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबारको बजार अपडेट : यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मंगलबारको बजार अपडेट : यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

Artha Sarokar

२० पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल बङ्गलादेश बैंकको भएको छ । यस कम्पनीको १४ करोड ७७ लाख ५४ हजार ५५० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल बङ्गलादेश बैंकको भएको छ । यस कम्पनीको १४ करोड ७७ लाख ५४ हजार ५५० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, अपी पावर कम्पनी, हिमालयन डिस्टिलरी, अपर तामाकोशी हाईड्रोपावर, शिभम् सिमेन्ट, गरिमा विकास बैंक, ज्योति विकास बैंक, अरुण भ्याली हाईड्रोपावर, सिद्धार्थ बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा श्री इन्भेष्टमेन्ट फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा मध्य भोटेकोशी जलविद्युत कम्पनी, नेपाल एसबिआई बैंक, सिन्धु विकास बैंक, ग्लोबल आइएमई बैंक, किसान लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा १०.३४% एग्रिकल्चर बैंक डिबेन्चरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशतभन्दा बढीले घटेको हो । एग्रिकल्चर बैंक डिबेन्चरको सेयरमा यस्तो गिरावट आउँदा १०%  नबिल डिबेन्चर २०८२, १२%  आइसिएफसि फाइनान्स डिबेन्चर २०८३ र नबिल बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी