×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाईफ इन्स्योरेन्सको १३ औं वार्षिक साधारणसभा सम्पन्न, सेवा सुविधा प्रदान गर्ने उद्देश्येसहित गर्यो Mobile App को शुभारम्भ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सूर्या लाईफ इन्स्योरेन्सको १३ औं वार्षिक साधारणसभा सम्पन्न, सेवा सुविधा प्रदान गर्ने उद्देश्येसहित गर्यो Mobile App को शुभारम्भ

Artha Sarokar

२३ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभाको अवसरमा कम्पनीका संचालक समितिका सम्पूर्ण सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतको उपस्थितीमा कम्पनीको Mobile App समुद्घाटन गरिएको छ ।

कम्पनीले बीमित तथा अभिकर्तालाई आफ्नोपन महशुस हुने गरी थप सेवा सुविधा प्रदानगर्ने उद्देश्यले बीमा सेवा आफ्नै औंलामा भन्ने अवधारणा सहित App को शुभारम्भ गरेको छ ।

कम्पनीको App प्रयोग गरी बीमा योजनाहरु खरिद गर्न सकिने सुविधा कम्पनीले मिलाएको छ ।Android  तथा  IOS प्रविधीमा चलाउन सकिने कम्पनीको App,Play Store/ App Store बाट सहजै download गर्न सकिन्छ ।

App मार्फत कम्पनी तथा कम्पनीका बीमा योजनाहरु र बीमा शूल्कको सम्बन्धमा जानकारी प्राप्त गर्न सकिन्छ । कम्पनीका अभिकर्ताले आफ्नो र आफ्नो मातहतमा रहेका अन्य अभिकर्ताहरुले गरेको ब्यवसाय तथा बीमा योजना र बीमाशूल्क गणना सम्बन्धी जानकारी प्राप्त गर्न सकिने सुविधा App मा रहेको छ ।

बीमितले App मार्फत बीमा शूल्क भुक्तानी गर्न, बीमालेख तथा बीमा शूल्क भुक्तानीको विवरण प्राप्त गर्न सक्नेछन् । कम्पनीको App लाई download गर्ने तरिका तथा प्रयोग विधिको सम्बन्धमा You Tube मा हेर्न सकिने ब्यवस्थासमेत मिलाईएको छ ।

कम्पनीको Mobile Appको समुद्घाटनको क्रममा Mobile App को आवश्यकता, विशेषता र प्रयोग विधी माथि कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले प्रकाश पारेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी