काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ऋषिराज जोशी निर्वाचित भएका छन् । गत पुस २३ गते सम्पन्न वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीतर्फ सञ्चालकमा उनी निर्विरोध निर्वाचित भएका हुन् ।
कम्पनीको सभाले २७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश करसहित गरेर कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिसकेको छ।