×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा इलामको चिसोपानी पञ्चमी बजार र काठमाडौँको चोभारमा

LAXMI SUNRISE BANK
GLOBAL

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा इलामको चिसोपानी पञ्चमी बजार र काठमाडौँको चोभारमा

१७ पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौँ । सिटिजन्स बैंकले नयाँ शाखारहित बैंकिङ्ग सेवा इलामको चिसोपानी पञ्चमी बजार र काठमाडौँको चोभारमा संचालनमा ल्याएको छ । बैंकले इलाम जिल्लाको चिसोपानी, पञ्चमी बजार र  काठमाडौँ जिल्लाको चोभार मा पौष १५ गतेबाट १०५ र १०६औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो । 
उक्त स्थानहरुमा सेवा संचालनका लागि क्रमश स्थानीय व्यवसायी राममाया सम्बाम्फ्mे र सुरेन्द्र केसीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । 
यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । बैंकले देशभर १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी