- अर्थ सरोकार सम्बाददाता
मकवानपुर । सिभिल बैंकले ठुलो दमार चोक, हर्नामाडी स्थित हेटौँडा उपमहानगरपालिका वडा नं. १८ मा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन हेटौँडा उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष अनिल बानियाले गरेका हुन् ।
अब त्यस क्षेत्रका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसंग गर्न सक्नेछन । झन्डै ५ लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ६ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवा प्रदान बैंकले ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेको छ ।