
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ । नेपाल फाइनान्सले पनि आजबाट ५ लाख १५ हजार २४८.२५ कित्ता सेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको २ लाख ५५ हजार ७८.७५ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार १६९.५० कित्ता सेयर लिलामीमा ल्याएको हो ।
लगानीकर्ताले कम्पनीको सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद पुस २४ गतेसम्म तोकिएको छ । यसअघि कम्पनीले मंसिर ४ गतेबाट २४ गतेसम्म १६ लाख ९७ हजार ५०६.२५ कित्ता (१२५%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी तथा नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादीबाट आवेदन दिन सकिनेछ । साथै प्रभु बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्