×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल-एनबीको मर्जर संकटमा, नेपाल राष्ट्र बैंकलाईसमेत विपक्षी बनाएर दुगड समूह पुग्यो अदालत !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नबिल-एनबीको मर्जर संकटमा, नेपाल राष्ट्र बैंकलाईसमेत विपक्षी बनाएर दुगड समूह पुग्यो अदालत !

Artha Sarokar

२७ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर संकटमा परेको छ । सेयर खरिद-बिक्रीको विषयलाई लिएर नेपाल बंगलादेश बैकका प्रमुख संस्थापक सेयरधनीसमेत रहेका सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले आइएफआइसी बैंक, नेपाल बंगलादेश बैंक र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर संकटमा परेको हो ।
दुगडले पुस २१ गते अदालतमा निषेधाज्ञा र परमादेश गरी २ वटा मुद्दा दायर गरेको बताएको छ । आफ्नो स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको सेयर बिक्री गर्नको आइएफआइसी बैंकले आफुसँग सम्झौता गरेको तर सम्झौता विपरित अहिले सेयर अरु नै पक्षलाई बिक्री गर्न लागेको भन्दै दुगड अदालत पुगेका हुन् । उनले राष्ट्र बैंकको नियमन विभागमा पनि यस सम्बन्धमा उजुरी गरेका छन् ।
दुगडले सम्पूर्ण सेयर १५७ रुपैयाँ प्रति कित्ताका दरमा खरिद गर्ने गरी सम्झौता गरेका थिए । उनले अर्को पक्षसँगको सेयर खरिद-बिक्रीको कार्यलाई रोक्न र आफुसँग भएको पुरानो सम्झौता अनुसार नै सेयर खरिद-बिक्रीको प्रक्रिया अगाडी बढाउन माग गरेका छन् ।
यता दुगड समूहले आफूले आइएफआइसी बैंकको सेयर खरिद गरेपछि नेपाल बंगलादेश बैंकलाई सनराइज बैंकमा गाभ्ने योजना बनाएको थियो । तर नौ महिना अघि दुगडलाई सेयर बेच्ने सम्झौता गरेको आइएफआइसीले एकाएक विनोद चौधरीलाई सेयर बेच्ने सम्झौता गरेको थियो । केहि समय अघि सो बैंकले आफ्नो सम्पूर्ण सेयर चौधरीकी श्रीमती सारिका चौधरीलाई बिक्री गर्ने सम्झौता गरेको थियो ।
यसो त दुगड समूहले मुद्दा नहाल्दा पनि नबिल र आइएफआइसी मर्जर गर्ने गरी भएको सेयर खरिदबिक्री सम्झौता पहिलेदेखि नै धरापमा परेको देखिन्छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले एनबीलाई ‘फिट एण्ड प्रपर टेस्ट’ मा असफल भएको भन्दै सेयर खरिद गर्न रोकेको थियो । यहि विवादकाबिच नेपाल बंगलादेश बैंकको १२% बोनस सेयर पारित भएको थियो । जसको हिसाब चौधरी समूहसँग आइएफआइसीले गरेको छैन त्यसकारण पनि नबिल र नेपाल बंगलादेश बैंकबीचको मर्जर संकटमा पर्ने देखिन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी