×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीमा रकम हिनामिना प्रकरण : देउखुरी सहकारीमा ५ करोड हिनामिना, २ जना कारागार चलान, पूर्वकोषाध्यक्ष रिहा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सहकारीमा रकम हिनामिना प्रकरण : देउखुरी सहकारीमा ५ करोड हिनामिना, २ जना कारागार चलान, पूर्वकोषाध्यक्ष रिहा

Artha Sarokar

२८ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दाङ । दाङस्थित एक सहकारी संस्थामा ५ करोड रकम हिनामिना भएको पाइएको छ । देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । पदाधिकारी किरण भण्डारी र रुकमाङ्गत ज्ञवाली पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
जिल्ला अदालत दाङले उनिहरुसँग आइतबार ५०/५० लाख धरौटी माग गरेको थियो तर धरौटी वापतको रकम बुझाउँन नसक्दा दुबै जनालाई पुर्पक्षका लागि कारागार चलान  गरिएको हो । साविकको महाप्रभु सहकारी संस्थासहित अन्य तीन वटा सहकारी संस्था मर्ज भएर हाल देउखुरी बचत तथा ऋण सहकारी संस्थाको नामबाट कारोबार सञ्चालन भइरहेको थियो। भण्डारी र ज्ञवाली दुवै महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष हुन् ।
यता सो प्रकरणमा संस्थाका पूर्वकोषाध्यक्ष रामकृष्ण पौडेल २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् भेन हिनामिना गरेको आरोपमा ४ जना कर्मचारीलाई यसअघि नै दाङ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी