Skip to content
LAXMI SUNRISE BANK

अर्को व्यवस्था नहुन्जेल जीवन बीमा कम्पनीहरुले नगद लाभांश घोषणा तथा वितरण गर्न नपाउने, समितिले दियो यस्तो निर्देशन !

अर्थ सरोकार

काठमाडौं । नियमनक निकाय बीमा समितिले जीवन बिमा कम्पनीहरुलाई नगद लाभांश घोषणा तथा वितरण नगर्न निर्देशन दिएको छ । समितिले एक सूचना जारी गर्दै अर्को व्यवस्था नहुनजेलसम्म जीवन बिमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।

समितिको निर्देशनसंगै अब कम्पनीहरुले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि बाहेक नगद लाभांश घोषणा गर्न पाउने छैनन् । बिमकले भविश्यमा जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने तथा बिमकलाई आइपर्नसक्ने थप जोखिम बहन गर्न पूँजी कोषलाई सबल बनाउनका लागि नगद लाभांश वितरणमा रोक लगाइएको हो ।
समितिले यसअघि निर्जीवन बिमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरणमा रोक लगाइसकेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK