Skip to content
LAXMI SUNRISE BANK

‘सरकारले अहिले आयात गर्न बन्देज लगाएका सामान आवश्यकता हेरेर पुन: आयात गर्नसक्छ’ : सचिव पोखरल

अर्थ सरोकार

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरलले व्यापारलाई विकाससँग जोड्नु पर्ने बताउनु भएको छ । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बहुपक्षिय व्यापारमा दुई पक्षिय सम्बन्धको सन्तुलन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव पोखरेलले व्यापार विकासको माध्यम भएकोले व्यापारलाई विकाससँग जोड्नुपर्ने बताउनुभएको हो । सचिव पोखरेलले अहिले विश्व अर्थतन्त्र आफैँमा आत्मनिर्भर नभएको बताउनु भयो । उहाँले अहिले विश्व अर्थतन्त्र परस्पर निर्भर रहेकाले नेपालले पनि त्यही अनुसार बुझ्नु पर्ने बताउँदै सरकारले बहुपक्षीय व्यापारमा दुई पक्षीय सम्बन्ध सन्तुलन बनाउनको लागि आवश्यक नीति नीजि क्षेत्रसँग सहकार्य गरेर बनाइरहेको बताउनु भयो । उहाँले सरकार हेरक व्यापार तथा उद्योग नीति बनाउन नीजि क्षेत्रसँग सहकार्य गर्न तयार रहेको भन्दै नीति क्षेत्रले पनि व्यक्तिगत तथा व्यवसाय भन्दा माथि उठेर सरकारलाई सुझाव दिनुपर्ने बताउनु भयो । सरकारले अहिले आयात गर्न बन्देज लगाएका सामानहरु आवश्यकता हेरेर आयातको लागि निर्णय गर्ने बताउनु भयो । उहाँले व्यापारलाई विकासको माध्यम बनाउन विकाससँग नजोड्ने किसिमले हेर्दा व्यापारको विस्तारको गन्तव्यमा नपुग्ने बताउनु भयो ।
सचिव पोखरेलले भन्नु भयो,‘पछिल्लो समय विश्वको अर्थतन्त्र आफैँमा आत्मानिर्भर छैन। पर निर्भर पनि छैन । परस्पर निर्भर विश्वको अर्थतन्त्र रहेको छ । नेपालले यो कुरा बुझ्न जरुरी छ। अहिले हामी हेरक कुरा सबै गर्ने सोच बनाएका हुन्छौं । सबै कुरा गछौं भन्नु केही नगर्नू हो । व्यापारलाई अब विकासको माध्ययबाट हेर्नुपर्छ । यदि व्यापारलाई विकाससँग नजोड्ने छुटै किसिमले हेरियो भने हामी गन्तव्यमा पुग्न सक्दैनौं । पछिल्लो अवधिमा सरकारले हरेक नीति बनाउँदा नीजि क्षेत्रसँग छलफल, विचार संवाद गर्ने गरेका छौं । नीजि क्षेत्रसँग छलफल नगरि कुनै पनि कार्यक्रममा सरकार सहभागि भएको छैन । व्यापार,उद्योग क्षेत्रसँगका सरोकारवाला निकायहरुको विचार लिएर मात्रै सरकार अगाडि बढ्छ । तर, व्यवसायीहरुले व्यक्तिगत र व्यवसाय भन्दा माथि उठेर मुलुकको हीतको लागि सुझाव दिनुपर्छ । अहिलेको आवश्यकता गुणस्तरीय व्यापार हो । पछिल्लो समय सरकारले आयातमा बन्देज विभिन्न वस्तुहरु आयातको लागि देशको आवश्यकता अनुसार सरकारले निर्णय गर्ने छ ।­’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK