काठमाडौं । प्रभु क्यापिटल लिमिटेड विशाल बजार कम्पनीको सेयर रजिष्ट्रारमा नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि विशाल बजार कम्पनी लिमिटेड र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । सम्झौतामा विशाल बजार कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक गगनबहादुर बि.के. र प्रभु क्यापिटलका तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका छन् ।
२०७८ माघ १ गतेदेखि लागू हुने गरी विशाल बजार कम्पनी लिमिटेडले प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले विशाल बजार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायत काकार्यहरु गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्