×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फक्सवागनको टप–क्लास फ्ल्यागसिप मोडल नयाँ ट्वारेग–आर अब नेपाली बजारमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फक्सवागनको टप–क्लास फ्ल्यागसिप मोडल नयाँ ट्वारेग–आर अब नेपाली बजारमा

२ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रा।लि।ले कम्पनीको टप रेन्जको फ्ल्यागसिप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको छ । पहिले देखि नै लोकप्रिय ट्वारेग अब आर–ट्रिटमेन्टका साथ प्रशस्तै फिचर थप भएर आएको छ ।

क्लास लिडिङ ठूला एसयूभीका लागि फक्सवागन विश्वमै परिचित छ । नयाँ एसयूभी ट्वारेग–आर विश्व प्रसिद्ध ६ सिलिन्डर भी(६, ३.० लिटर टबोचाज्र्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित छ, जसले ५३००–६४०० आरपीएममा ३४० पीएस पावर र १३७०–४५०० आरपीएममा ४५० एनएम टर्क जेनेरेट गर्छ ।

फोक्सवागन ट्वारेगलाई पोर्श र फक्सवागन समूहले अडी र फक्सवागन ब्रान्डहरू समावेश गरी संयुक्त उद्यम परियोजनाको रूपमा विकसित गरेको थियो । डिजाइनर “फ्राङ्क ब्रुज“ ले नयाँ ट्वारेग–आरको डिजाइन गरेका छन् जसलेऔदी क्यु–७, पोर्शकयेन, बेन्त्ली बेन्ताइघार ल्याम्बोर्गिनी युरुसबाट समान प्लेटफर्म र धेरै प्रविधिहरू साझा गर्दछ ।

ट्वारेग–आर एउटा ठूलो आकारको फन–टु–ड्राइभ लक्जरी एस्युभी हो जुन जर्मन कार निर्माता फक्सवागन समूहले २००२ देखि ब्राटिस्लाभाप्लान्टमा उत्पादन गरेको हो। नेपालमा सन् २०१० मा आधिकारिक रूपमा बिक्री बितरन गर्दै आइरहेकोे फक्सवागन ट्वारेग समाजको उच्च वर्गले रुचाएको फक्सवागन मोडल हो। २०१० मा बिक्री बितरन भएदेखि नै, ट्वारेग–आर एस्युभी सेग्मेन्तमा नयाँ बेन्चमार्क स्थापित गदैआएको छ, ।

ट्वारेगले“सर्वश्रेष्ठ लक्जरी एस्युभी“,स्पोर्त्स युतिलितीओफ द यएर“, फोर व्हीलर ओफ द यएर“, र फोर व्हील ड्राइभ ओफ द यएर”जस्ता अन्तराष्ट्रिय स्तरमा बिभिन्न अवार्डहरु जित्दै आएको छ । ट्वारेगको अपग्रेड गरिएको परिरूप, नयाँ ट्वारेग–आर लाइन, फक्सवागनको लामो इतिहासमा उत्पादन गरिएको सबैभन्दा शक्तिशाली कार हो जसले आफ्नो छाप बनाउन र आफ्नो पूर्ववर्ती जस्तै विरासत दोहोर्याउन नेपाली बजारमा आएको छ।

नयाँ ट्वारेग–आरमा आठ स्पीड अटोमेटिक गियरबक्स, २० इन्चको एलोय ह्वील, ट्र्याक्सन कन्ट्रोल र फोर ह्वील ड्राइभ रहेको छ जस्ले अत्यन्तै प्रतिकुल मौसम तथा रोडमा पनि सिमलेस ड्राइभिङको अनुभव प्राप्ती दिन्छ। नयाँ ट्वारेग–आरमा एआरजेस्चरसहितको १५ इन्चको इन्फोटेनमेन्ट प्रणाली, १२ इन्चको क्लस्टर प्यानल, हीटेद सिट, फ्रन्ट मसाज सिट, अटो होल्ड कन्ट्रोल, फुल पानारोमिक सनरुफ, रियर एलईडी टेल लाइट, हिल डिसेन्ट असिस्ट, हेड अप डिस्प्ले, टायर प्रेसर मोनिटरिङ, डायनाडियो कन्सीकुएन्स को१४ स्पिकरहरू+ ४ सबवुफरहरू जस्ता विभिन्न प्रकारका आधुनिक सुविधाहरू छन्।

ट्वारेग–आरका विशेष सुविधाहरूमा एक्टिभ एयर सस्पेन्सन, अल–ह्वील स्टेयरिङ, एबीएस प्लस र डीफ्फेरेन्सिअल लक समावेश छन्। एयर सस्पेन्सनले सवारीको उचाइ बढाउनका साथै चलौदाभाइब्रेसनमा कमी गराइचालकलाई थप आराम प्रदान गर्दछ ।

उच्च गतिको अवस्थामा अल–ह्वील स्टेयरिङ हुनुको फाइदा भनेको लेन परिवर्तन गर्दा, र उच्च–स्पीडमा कुनामा जाँदा कम झुकाव हुन्छ र गाडी अझ स्थिर हुनेछ । डीफ्फेरेन्सिअल लकले सबै पाङ्ग्राहरूलाई एउटै गतिमा घुमाउन कर्षणको पर्वाह नगरी बल दिन्छ । यी सबै सुविधाहरूको साथ कम्पनीको दावी छ कि जस्तोसुकै टेरेन र कठिन सडकमा पनिट्वारेग–आर संगैको यात्रा कठिन हुँदैन ।

ट्वारेग–आर स्टाइलिस बोल्ढ एक्सटेरियर र फ्रेस तथा भाइब्रेन्ट डिजाइनका साथ उपलब्ध छ । कारमा भएको अगमेन्टेड रियालिटी सहितको इन्फोटेन्मेन्ट सिस्टमयुक्त ड्यासबोर्डले यसको प्रिमियम अपिललाई अझै बढाएको छ । यसमा फ्रेमलेस इन्टेरियर रियर भ्यू मिरर, अटो डिमिङ र अटो फोल्डेबल साइड मिरर, ८१० लिटर बुट स्पेससहितको सेन्सर कन्ट्रोल लगेज कम्पार्टमेन्ट जस्ता सुविधाहरू पनि छन् । यी सबै आधुनिक युगका कनेक्टिभिटी फिचर र विभिन्न असिस्टेन्स, कम्फर्ट, लाइटिङ र इन्फोटेनमेन्ट सिस्टमका कारण ट्वारेगले अन्य कारमा भविष्यमा प्रयोग गरिने फिचरलाई अहिले नै मार्गदर्शन गरेको छ ।

अति कम उत्सर्जन र प्रभावशाली प्रदर्शनजस्ता दुवै क्षमता भएको ट्वारेग–आरले ५.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ भने यसको टप स्पिड २५० किलोमिटर प्रतिघण्टा छ । यो ब्रान्डकै सबैभन्दा ठूलो मोडल र टेक्नोलोजी अभियानमा कोशेढुंगा सावित भएको छ ।

आकर्षक डिजाइन, इनोभेटिभ अपरेटिङ, सहजता र सुरक्षात्मक प्रणाली एवं यसमा प्रयोग भएका उच्च गुणस्तरीय सामग्री र यसको शिल्प कौशलताका कारण प्रिमियम क्लास एसयूभीमा पनि फक्सवागन ट्वारेग–आर टप क्लास पोजिसनमा रहन सफल भएको छ । ट्वारेग–आरले यूरो एनक्याप बाट पाँच–तारे सुरक्षा मूल्याङ्कन प्राप्त गर्दछ, जसमा वयस्क र बालबालिकाको सुरक्षाको लागि क्रमशः ८९% र ८६% समावेश छ । यस्ता सबै प्राविधिक विशेषता र विभिन्न फिचरका कारण ट्वारेग–आर एउटा सामान्य फक्सवागन गाडी मात्र नभएर कम्प्लिट लक्जरी प्याकेज सहितको बोस–वागन भएको कम्पनीको दाबी छ ।

नयाँ एसयूभी ट्वारेग–आरको आगमन पश्चात यसले बजारमा आफ्नो उपस्थितिलाई अझै बलियो प्रमाणित गर्ने विश्वास गरिएको छ ।कम्पनीले नयाँ ट्वारेग–आरको प्रारम्भिक मूल्य ३।२५ करोड राखेको छ जुनबियम्डब्लु एक्स फैब,रेण्ज रोभर स्पोर्ट्स आदिसँग प्रतिस्पर्धा गर्नेछ।

फक्सवागन ब्य्क्ग्रोउन्द

जर्मन भाषामा फक्सवागनको अर्थ ‘जनताको कार’ हुन्छ । फक्सवागन जर्मन कार निर्माता कम्पनी हो र फक्सवागन ग्रुप अन्तर्गत बेन्ट्ले, स्कोडा, ल्याम्बोर्गिनी, औडी, बुगाटी, सीट, पोस्र्चे, स्क्यानिया, एमएएन लगायतका विभिन्न ब्रान्ड आवद्ध छन् ।

फक्सवागनको स्थापना सन् १९३७ मे २८ मा द जर्मन लेबर फ्रन्ट नामक नाजी ट्रेड युनियनद्वारा जर्मनीको बर्लिनमा भएको थियो । पहिलो मोडलको रुपमा सन् १९३७ मा बिटल कार सार्वजनिक गरिएको थियो, जसको फरक पहिचानले अहिले पनि धेरैलाई लोभ्याउछ । विश्वका २७ देशका विभिन्न स्थानमा फैलिएका १३६ प्रोडक्सन प्लान्टबाट फक्सवागनले दैनिक रुपमा २६ हजार ६ सय कार उत्पादन गर्छ । यी कार विश्वका १५० भन्दा बढी देशमा निर्यात हुन्छन् । केही वर्ष यता फक्सवागन विश्वको सबैभन्दा ठूलो कार उत्पादक कम्पनीको रुपमा परिचित छ ।

पूजा इन्टरनेनसल नेपाल

सन् २०१० सेप्टेम्बर १० मा काठमाडौंको पानीपोखरीमा सोरुम स्थापना गरी फक्सवागनको नेपालका लागि आधिकारिक वितरकको रुपमा पूजा इन्टरनेसनल नेपालले कार्य सञ्चालन प्रारम्भ गरेको थियो । देशभर विभिन्न स्थानमा आधुनिक उपकरण र दक्ष जनशक्ति सहितका फक्सवागन सेल्स र सर्भिस सेन्टर उपलब्ध रहेका छन् । काठमाडौंका चार स्थानमा रहेका सोरुम बाहेक पूजा इन्टरनेसनल नेपालका डिलर र सर्भिस नेटवर्क विर्तामोड, विराटनगर, नारायणघाट, बुटवल, भैरहवा, दाङ, नेपालगन्ज, धनगढी, पोखरा लगायतका मुख्य सहरमा रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी