काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ४ गतेका लागि बोलाएको विशेष साधारणसभा रद्द भएको छ । हिमालयन बैंकले मर्जर भाँडेपछि बैंकले एक सूचना जारी गर्दै विशेष साधारणसभा रद्द भएको जनाएको हो ।
पुस ३० गते सम्पन्न हिमालयन बैंकको साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्तावलाई अस्वीकृत गरेपछि माघ १ गते बसेको इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा रद्द गर्ने निर्णय गरेको हो ।