×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको साधारणसभामा लफडै-लफडा, सभा नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकको साधारणसभामा लफडै-लफडा, सभा नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश !

Artha Sarokar

३ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सर्वाेच्च अदालतले महालक्ष्मी विकास बैंकलाई माघ ३ गते मंगलबार वार्षिक साधारणसभा नगर्न आदेश दिएको छ । सर्वाेच्चले बैंकलाई सभा नगर्न अन्तरिम आदेश दिएको हो ।
 बैंकले आफ्नो बीसाैँ वार्षिक साधारणसभा मंगलबार केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडाैँमा बिहान १० बजे बोलाएको थियो । तर त्यसअघि नै अदालतले यस्तो आदेश दिएको हो । जससंगै बैंकको साधारणसभा रोकिएको छ ।
यसअघि पनि गणपुरक संख्या नपुगेपछि बैंककाे साधारणसभा स्थगित भएको थियो । उच्च अदालत पाटनको आदेशपछि महालक्ष्मी विकास बैंकका सञ्चालकहरुको निर्वाचन कार्यक्रम स्थगित भएको थियाे ।
बैंकका सेयरधनी गिरिराज पोखरेल तथा प्रमोद श्रेष्ठले बैंकविरुद्ध उच्च अदालत पाटनमा दिएको उत्प्रेषणको निवेदनमा उच्च अदालतबाट विपक्षीहरुका नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्नु भन्ने आदेश भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको थियाे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी