
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । बैंकको तासेन पाल्पा शाखाले तानसेन नगारपालिका वडा नं.१२ नामी कुवा पुगी ६ वटा फर्मलाई एकैदिन २३ लाख रुपैयाँको सहुलियतपूर्ण कर्जा प्रदान गरेको हो । नेपाल बैंक लिमिटेड र तानसेन नगारपालिकाबीच भएको सम्झौता अनुसार तानसेन नगारपालिकाको जमानीमा नगरक्षेत्रका युवा, महिला, दलित, शिक्षित बेरोजगार आदिलाई उद्यमशीलतामा सहभागी हुन कर्जा दिने सम्झौता भए बमोजिम सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको हो ।
झिलमिल कृषि फर्म(गोविन्द राना), केजिना कृषि तथा पशुपंक्षी फर्म(गोपालबहादूर राना), बगाले कृषि तथा पशुपंक्षी फर्म (नलबहादुर बगाले) र पुष्पा पशुपंक्षी तथा कृषि फर्(पुष्प लुगेली) लाई प्रति फर्म ४ लाख ५० हजार र प्रविन पशुपंक्षी तथा कृषि फर्म(झपकुमारी लुङ्गेली) लाई ३ लाख र गायत्री पशुपंंक्षी तथा कृषि फर्म(गायत्री राना) लाई २ लाख सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सम्पूर्ण डकूमेन्टेसनसहित कर्जा सुविधा पत्र हस्तान्तरण गरेको हो ।
कर्जा सुविधा पत्र हस्तान्तरण गर्दै नेपाल बैंक पाल्पा शाखाका शाखा प्रबन्धक सुरज घिमिरेले नेपाल बैंकले करोडौं र अर्बौंको कर्जा लिने ग्राहक र लाख दुई लाख कर्जा लिने ग्राहकलाई पनि उत्तिक्कै प्राथमिकतामा राखेको र बैंकिङ क्षेत्रको लगानी उत्पादनमूलक क्षेत्रमा हुन सके मात्र अर्थतन्त्रको विकास हुन सक्ने भएकाले नेपाल बैंक लिमिटेडले उत्पादनमुलक क्षेत्रमा जोड दिएको बताएका छन् ।
कार्यक्रमलाई सहजीकरण गर्ने संस्था ग्रामीण आर्थिक संघका अध्यक्ष लीला बहादुर कार्कीको समेत सहभागी रहेको उक्त कार्यक्रममा बैंकसंग लिएको कर्जालाई सही ठाउँमा उपयोग गरी सहुलियत कर्जाको फाइदा लिई उद्यमशीलताको विकास गर्न किसानहरु लगिपर्नुपर्नै कुरा लीलाबहादुर कार्कीले बताउनु भयो । कार्यक्रम नेपाल बैंक लिमिटेड, पाल्पा शाखाका कर्जा कर्मचारी जीवन ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्