×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा माघ ८ गते एजिएम आह्वान, लाभांश पारित गर्ने मुख्य प्रस्तावसहित अरु यस्ता एजेन्डा पेस गरिने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा माघ ८ गते एजिएम आह्वान, लाभांश पारित गर्ने मुख्य प्रस्तावसहित अरु यस्ता एजेन्डा पेस गरिने

Artha Sarokar

१५ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभा माघ ८ गते हुने भएको छ । सभा बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा बिहान १० बजे सुरु हुने बैंकले जनाएको छ । बैंकले १३% बोनस सेयर र ५.५०% नगद लाभांश पारित गर्ने मुख्य प्रस्तावसहित सभा बोलाएको हो । 
यस्तै अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । सभाका लागि बैंकले पुस २२ गतेदे माघ ८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस २१ गतेसम्म कायम रहने सेयरधनी मात्र लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी