Skip to content
LAXMI SUNRISE BANK

‘लोकसेवाले इन्जिनियरका लागि छैठौं तहमा विज्ञापन निकालेर अपमान गर्यो, छिट्टै ७औं तह कायम गरी पेशागत सम्मान कायम गरियोस्’

अर्थ सरोकार

नेपाल भ्यालुयर्स एशोसियसनका अध्यक्ष ई.ऋषि कोइरालाले लोकसेवा आयोगले इन्जिनियरका लागि छैठौं तहमा बिज्ञापन निकालेर अपमान गरेको बताएका छन् । उनले माघ १० गते आयोगले खोलेको इन्जिनियर पदको बिज्ञापनमा छैठौं तहका लागि आवेदन माग गरेकोप्रति घोर आपत्ति जनाउदै तत्काल ७ औं तह कायम गरि पेशागत सम्मान कायम गर्न माग गरेका हुन् ।
उनि नेपाल इन्जिनियरर्स एशोसियसनको ३३ औं कार्यकारिणी समितिमा उपाध्यक्षका उम्मेदवारसमेत हुन् । ‘विभिन्न मितिमा इन्जिनियर पदको लागि खोलिएका बिज्ञापन र यहि २०७८ माघ १० गते लोकसेवा आयोगले खोलेको इन्जिनियर पदको बिज्ञापनमा छैटौ तहका लागि आवेदन माग गरेको कुरा प्रति हाम्रो घोर आपत्ति छ’ उनले सामाजिक सञ्जालमा लोक सेवा आयोग र सरोकारवाला निकायको ध्यानाकर्षण गराउदै चेतावनीसहित लेखेका छन्, ‘७ औं तहमा इन्जिनियरहरुका लागि आवेदन माग गरिनुपर्नेमा लोकसेवा आयोगले हाम्रो पेशालाई अबमुल्यन गरि पेशागत मर्यादा र सम्मानमा आँच आउने गरि छैटौ तहमा इन्जिनियरलाई सिमित गरिनु घोर निन्दनीय छ ।’

तत्काल इन्जिनियरहरुको पेशागत मर्यादा र सम्मानलाई ध्यान पुर्याउदै इन्जिनियरहरुको बिज्ञापन ७ औं तह कायम गर्न उनले माग गरेका छन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK