काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले माघ २१ गते २८औं वार्षिक साधारणसभा गर्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने भएको हो ।
सभामा कम्पनीले १४.२५% बोनस सेयर र कर तिर्न ०.७५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि राखिएको छ ।
सभा गर्नको लागि कम्पनीले माघ ५ गतेदेखि २१ गतेसम्म बुक क्लोज गरेको छ । माघ ४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश सुरक्षित गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्